समाज


म्यान्मार सैन्य कूः सुरक्षाकर्मीले गोली चलाउँदा ७ वर्षकी बालिकाको मृत्यु

म्यान्मार सैन्य कूः सुरक्षाकर्मीले गोली चलाउँदा ७ वर्षकी बालिकाको मृत्यु

नेपालखबर
चैत ११, २०७७ बुधबार ५:३१,

मंगलबार सेना तथा प्रहरीले गोली चलाउँदा यी बालिकको मृत्यु भएको बीबीसीले जनाएको छ।

म्यान्मारमा गत फेब्रुअरी १ देखि सैन्य शासन लागू भएको छ र त्यसयता लगातार म्यान्मारमा लोकतन्त्र पुनर्स्थापनाको माग गर्दै त्यहाँका नागरिकले आन्दोलन चर्काएका छन्।

यसबीचमा सेना तथा प्रहरीले प्रदर्शनमाथि लगातार दमन गरिरहेको अधिकारवादी संस्थाहरुले जनाएका छन्। उनीहरुले गोली नै चलाउने गरेका छन्।

यद्यपी जुन्ता शासकविरुद्धको प्रदर्शन रोकिएको छैन।

सेभ द चिल्ड्रेनका अनुसार मंगलबारको घटनासँगै सेना तथा प्रहरीको गोली लागेर म्यान्मारमा २० बालबालिकाको मृत्यु भइसकेको छ।

अर्को संस्था एएपीपीले म्यान्मारमा हालसम्म सेनाले २६१ नागरिकको ज्यान लिएको बताएको छ। तर सेनाले भने हालसम्म १६४ प्रदर्शनकारीको मात्र ज्यान गएको बताएको छ।

सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएका हुन्।

धाँधली गरेर सुचीको पार्टीले चुनाव जितेको भन्दै सेनाले सत्ता हातमा लिएका थिए। एक वर्षपछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने जुन्ता शासकको भनाइ छ।

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

म्यान्मारमा सैन्य कूपछिकै रक्तपातपूर्ण घटना, सेनाद्वारा एकैदिन ३८ प्रदर्शनकारी मारिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad