राजनीति


एमाले केन्द्रीय कार्यालय सार्न लागिएको भवन आज अध्यक्ष ओलीले निरीक्षण गर्दैै

एमाले केन्द्रीय कार्यालय सार्न लागिएको भवन आज अध्यक्ष ओलीले निरीक्षण गर्दैै

नेपालखबर
चैत ११, २०७७ बुधबार ५:७,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुम्बाराहीबाट पार्टीको केन्द्रीय कार्यालय सार्न लागिएको थापाथलस्थित भवनको आज (बुधबार) निरीक्षण गर्ने भएका छन्।

एमालेको केन्द्रीय कार्यालय अब थापाथली हाइट उमंगमार्गस्थित नेपाल हस्तकला उद्योग महासंघको कार्यालयअगाडिको भवनमा सार्न लागिएको हो। त्यसका लागि आज सम्झौता हुने एमाले नेताहरूले बताएका छन्। 

त्यही क्रममा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली भवनको निरीक्षणमा निस्कन लागेका हुन्। अहिले ११ बजे उनी त्यहाँ जाने कार्यक्रम रहेको एमालेका एक नेताले नेपालखबरलाई जानकारी दिए।

याे पनि : एमाले केन्द्रीय कार्यालय थापाथली हाइटमा सर्दै, ढोकामै राखियो ओलीको तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad