साउन १ गते शुक्रबार कर्णाली प्रदेशभर सार्वजिन बिदा हुने भएको छ। कर्णालीमा साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने हुने भएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सूचना जारी गर्दै प्रदेशभित्र रहेका सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ–संस्थामा सार्वजनिक बिदा दिइएको जनाएको छ।
प्रदेश सरकारको २०८२ चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त बिदा दिने निर्णय गरेको थियो।
सोही निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबैको जानकारीनार्थ सूचना प्रकाशित गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

21
Shares

प्रतिक्रिया