राजनीति


म्यान्मारमा सैन्य कूपछिकै रक्तपातपूर्ण घटना, सेनाद्वारा एकैदिन ३८ प्रदर्शनकारी मारिए

म्यान्मारमा सैन्य कूपछिकै रक्तपातपूर्ण घटना, सेनाद्वारा एकैदिन ३८ प्रदर्शनकारी मारिए

नेपालखबर
चैत २, २०७७ सोमबार ५:३७,

यस घटनालाई गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक र रक्तपातपूर्ण घटनाको रुपमा हेरिएको छ।

म्यान्मारका नागरिकले सैन्य कूको विरोध गर्दै लोकतन्त्र पुनर्स्थापना हुनुपर्ने माग गर्दै सुरुवातदेखि प्रदर्शन गरिरहेका छन्। यस दौरान यसअघि पनि एकैदिन १८ र ३८ जना प्रदर्शनकारीको मृत्यु भएको थियो।

द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स एएपीपीले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ।

बाँकी मृत्युका घटना देशका विभिन्न भागमा भएको बीबीसीले जनाएको छ।

याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सेना तथा प्रहरीले गोली चलाएको बताइएको छ।

चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले विश्वास गरिरहेका छन्। त्यसकारण त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायीमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो।

झडपका क्रममा औद्योगिक क्षेत्रमा सुरक्षा फौजले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए।

चीनले यस घटनाको बारेमा जानकारी दिँदै फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जानकारी दिएको छ। एउटा चिनियाँ लगानीको होटलमा समेत तोडफोड भएको बताइएको छ।

म्यान्मारका सेनाले गत फेब्रुअरीदेखि सत्ता हातमा लिएका छन्। लोकतान्त्रिक नेतृ आङ साङ सूची, राष्ट्रपति विन मिन्ट लगायतका शीर्ष नेताहरुलाई हिरासतमा लिइएको छ।

सेनाले गत नोभेम्बरको चुनावमा सुचीको पार्टीले धाँधली गरेर बहुमत ल्याएको आरोप लगाएका छन्। त्यसयता लगातार प्रदर्शन जारी छ।

म्यान्मारमा भएको सैन्य विद्रोहप्रति अमेरिका सहित विश्वका धेरै देशहरुले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था कायम गर्न आह्वान गरेका छन्।

अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति नै दिने भएको छ। बीबीसी

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

म्यान्मारमा सैन्य कूः चीनविरुद्ध पनि विरोध सुरु, मृतकको संख्या ६० भन्दा बढी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .