समाज


पहिरो खस्दा कालीगण्डकी करिडोर सडक अवरुद्ध

पहिरो खस्दा कालीगण्डकी करिडोर सडक अवरुद्ध

फाइल फोटो


नेपालखबर
असार ३२, २०८३ बिहिबार ८:३४, बागलुङ

वर्षापछि पहिरो खस्दा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ।

यो सडकको बागलुङ खण्ड गए रातिदेखि पहिराको कारण आवतजावत अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो।

सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।  

सडक अवरूद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ भने बुटवलतर्फका सवारीसाधन बेलबगरमै रोकिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad