भारतमा उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ राखिएको प्रकरणमा मुम्बई प्रहरीका असिस्टेन्ट इन्स्पेक्टर सचिन वझेलाई पक्राउ गरिएको विवादमा अभिनेत्री कंगना रनोट पनि सामेल भएकी छन्।
सामािजक सञ्जालमार्फत उनले घटना ठीक ढंगले अनुसन्धान गरिने हो भने महाराष्ट्र सरकार नै ढल्ने चेतावनी दिएकी हुन्।
कंगनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो एक्सरेले यहाँ ठूलो षडयन्त्र पत्ता लगाउन सक्छ। शिवसेना सत्तामा आएपछि उन (वझे) लाई निलम्बन गरिएको थियो तर पछि फेरि फिर्ता गरियो। राम्ररी अनुसन्धान गरियो भने लुकेका कंकाल निस्कने मात्र होइन, महाराष्ट्र सरकार नै ढल्छ, म २ सयभन्दा बढी एफआईआर फाइल गर्न सक्छु। जय हिन्द।’
अभिनेत्री कंगना र महाराष्ट्र सरकारबीच पहिलेदेखि टकराव छ। अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा पनि कंगनाले महाराष्ट्र सरकार र प्रहरीविरुद्ध प्रतिक्रिया दिएकी थिइन्।
याे पनि : अम्बानीको घरबाहिर विस्फोटक पदार्थ काण्डमा ठूलो खुलासा, त्यो राखेर भागेको कार मुम्बई प्रहरीको !

प्रतिक्रिया