प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अवैध कल वाईपासविरुद्द हालसम्म १३१ जना नेपाली र ३७ विदेशी गरी १६८ जनालाई पक्राउ गरिएको जनाएको छ।
पक्राउ प्रतिवादीहरुविरुद्द १२ अर्ब १२ करोड ५० लाख नौ हजार तीन सय ८३ रुपैयाँ १७ पैसाको बिगो मागदाबी लिई अदालतमा मुद्दा दायर गरिएको सीआईबीले जनाएको छ। ११० स्थानहरुमा भएको कारबाहीमा हालसम्म विभिन्न दुर संचार कम्पनीहरुका २३ हजार २६३ थान सिम कार्डहरु र भीओआईपीमा प्रयोग हुने आधुनिक उपकरणहरु समेत बरामद गरेको प्रहरीको भनाई छ।
अबैध अन्तराष्ट्रिय कल बाईपासमा संलग्न पक्राउ
यसै क्रममा काठमाडौंको वालुवाटार, टुसाल शितलमार्ग स्थित कोठाबाट उपत्यकाका बिभिन्न स्थानमा गैह्रकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गरिरहेका एक ब्यक्ति पक्राउ परेका छन्।
चितवनको भरतपुर महानगरपालिका–१८घर भएका ३६ वर्षीय नसिव तामाङलाई सीआईबीले पक्राउ गरेको हो। अवैध अन्तर्राष्ट्रिय कल वाईपास सञ्चालन गर्न प्रयोग गरिएका विभिन्न उपकरणसहित बिहीबार पक्राउ परेका तामाङविरुद्ध अदालतमा ७ दिनको म्याद थप थरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गत २०७२ सालको जेठ १९ गते पनि सोही प्रकरणमा धापासीबाट पक्राउ परेका तामाङ १ वर्ष कैद सजाय भुक्तान गरी छुटेका हुन्।

प्रतिक्रिया