आइतबार राति हुन लागेको रोमा र मड्रिडबीचको खेलमा ग्यारेथ बेललाई मड्रिडले टोलीमा अटाएको हो।
ग्यारेथ बेललाई बेच्ने निर्णय गरिसकेको मड्रिडले अन्तिम समयमा चाइनिज सुपर लिग क्लबलाई बेल नबेच्ने भनेको थियो।
बेलले सिजनको सुरुवातमा भएका कैयौं मैत्रीपूर्ण खेल खेल्न पाएनन्। प्रतिक्रिया स्वरुप प्रशिक्षक जिनेदिन जिदानले बेललाई क्लबले बेच्ने भएकाले उनलाई टोलीमा नराखेको बताएका थिए।
तर केही समययता मड्रिडले बेलसँग राम्रो व्यवहार गरिरहेको छ। पहिले बेल आफ्नो टोलीमा उचित खेलाडी नभएको प्रतिक्रिया जनाउने जिदानसमेत यतिबेला मौन छन्।
मार्को आसेन्सिया प्रि–सिजनको खेलमा गम्भीर घाइते भएयता मड्रिडले बेल फकाउने प्रयास जारी राखेको छ। एजेन्सी
3
Shares

प्रतिक्रिया