समाज


नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ११:१०,

नेपालमा कोरोना संक्रमणबाट तीन हजार भन्दाबढीको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार आजसम्म मृत्यु हुनेको संख्या तीन हजार १० रहेको छ। यद्यपी गएको २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।

यसअघि मंगलबार सार्वजनिक गरिएको तथ्यांक अनुसार २७ सय ७७ जनाको मृत्यु भएको उल्लेख छ भने बुधबार थप एक जनाको ज्यान गएको जनाइएको छ।

मन्त्रालयले आज ‘अपडेट’ गरेको तथ्यांकमा तीन हजार १० जनाको ज्यान गएको देखाइएको छ।

यस्तै, गएको २४ घण्टामा १०७ जना नयाँ संक्रमित थपिएका छन्। हालसम्म नेपालमा दुई लाख ७४ हजार ४८८ जना संक्रमित भेटिएकोमा दुई लाख ७० हजार ६८३ जना निको भइसकेका छन्।

हालसम्म २१ लाख ७९ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad