सप्तरीमा ७० वर्षीय वृद्ध ५६ वर्ष पहिलेको मुद्दामा जेल चलान भएका छन्।
जिल्ला अदालत सप्तरीले आइतबार ७० वर्षीय श्रीलाल यादवलाई डाँका र जालसाजी मुद्दामा कारागार चलान गरेको हो।
उनीविरुद्ध जिल्ला अदालतले २०२३ साल भदौ ३ गते डाँका मुद्दामा १० वर्ष र २०२१ साल जेठ १९ गते जालसाजी मुद्दामा ६ महिना कैदको फैसला गरेको थियो।
सुरैतलाल यादवले उनीविरुद्ध डाँका र जालसाजी मुद्दा दायर गरेका थिए।
श्रीलाल यादवलाई ५६ वर्षपछि प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो।
सोही दिन प्रहरीले अदालतमा पेश गरेको थियो। आइतबार अदालतले कैद भुक्तानको लागि कारागार पठाएको हो।
3
Shares

प्रतिक्रिया