अर्को हप्तादेखि नै अमेरिकामा शरण खोजिरहेका मानिसहरु जो हाल मेक्सिकोमा फसेका छन्, उनीहरुलाई अमेरिकी सरकारले अमेरिका प्रवेशमा अनुमति दिएको बीबीसीले जनाएको छ।
आगामी हप्तादेखि २५ हजार शरणार्थीलाई अमेरिकामा ल्याउने प्रक्रिया सुरुवात हुनेछ। जसले अमेरिकामा शरण लिन चाइरहेका छन् उनीहरुले कोरोना नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी तथा शरणार्थीविरुद्ध निकै कडा रुपमा प्रस्तुत भएका थिए।
मेक्सिको हुँदै धेरै आप्रवासीहरु अमेरिका प्रवेश गरेकाले अमेरिकामा आतंकवाद बढेको ट्रम्पको भनाइ थियो।
हाल नयाँ राष्ट्रपति जो बाइडेन भने आप्रवासी तथा शरणार्थीप्रति नरम देखिएका हुन्।
3
Shares

प्रतिक्रिया