राजनीति


प्रेस युनियनले गर्‍यो पत्रकारको दुर्घटना बिमा

प्रेस युनियनले गर्‍यो पत्रकारको दुर्घटना बिमा

नेपालखबर
फागुन १, २०७७ शनिबार ६:३४,

नेपाल प्रेस युनियन डोटीले आफ्नो संगठनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरेको छ।

युनियनमा आबद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा जोखिम बिमा गरिएको युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए।

उनले भने, ‘काम गर्ने सिलसिलामा पत्रकार निकै जोखिममा हुने भएकाले हाम्रो संगठनमा आबद्ध पत्रकारको बिमा गरेका छौँ, यसले काम गर्न हौसला मिल्ने छ।’

एशियन लाइफ इन्स्योरेन्स दिपायल शाखामा पत्रकारको रु एक लाख बराबरको बिमा गरिएको छ। यसअघि युनियनले संगठनमा आबद्ध सदस्यसहित ९२ पत्रकारको कोराना बिमा गरेको थियो।

जिल्लामा आफ्नो संगठनमा आबद्ध पत्रकारको बिमा गर्ने प्रेस युनियन पहिलो संगठन बनेको छ। प्रेस युनियनमा आबद्ध बिमा गरिएका पत्रकार कुनै दुर्घटनामा परे तत्काल एशियल लाइभ इन्स्योरेन्स दिपायल शाखाबाट बीमित रकम पाउने शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad