भारतीय सञ्चारमाध्यमका अनुसार कासम्बा भन्ने स्थानमा सडक छेउ फुटपाथमा सुतिरहेका २० मजदुरमाथि गुडिरहेको ट्रक चढेको हो।
दुर्घटनामा मृत्यु भएकाको परिवारलाई २ लाख भारतीय रुपैयाँको दरले राहत दिने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका छन्।
मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारजनप्रति सहानुभूति समेत व्यक्त गरे।
मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय सहायता कोषबाट सो रकम दिइने भएको अधिकारीहरुले जानकारी दिएका छन्।
“सुरतमा भएको दुर्घटनामा परी मानवीय क्षति भएकोमा मलाई अत्यन्त दुःख लागेको छ, यो घटना ज्यादै पीडादायी छ, शोकाकुल परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,” प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्।
उनले घाइते भएकाहरुलाई पनि ५० हजार भारतीय रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने अर्को ट्वीट मार्फत् जानकारी दिएका छन्।
ट्रकले सुतिरहेका मजदुरहरुलाई किच्दा सात जना महिला, सात जना पुरुष र एक जना एक वर्षीय शिशुको मृत्यु भएको छ।
घाइते भएका ६ जनाको अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीको भनाई छ। एएनआई

प्रतिक्रिया