नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ सम्मिलित राउण्ड ग्लास पञ्जाव एफसीले मंगलबार चर्चिल ब्रदर्स एफसी गोवासँग खेल्दै छ।
कोलकाताको विवेकानन्द युवा भारती कृरंगन मैदानमा हुने खेलमा पञ्जावले शीर्ष स्थानको चर्चिल ब्रदर्ससँग खेल्नलागेको हो।
किरणले आजको खेलमा पनि टोलीको कप्तानी सम्हाल्दै छन्।
एक खेलमा जित र एकमा हार भोगेको पञ्जान ३ अंकमा सातौ स्थानमा छ। एक खेलमा जित र एकमा बराबरी गरेको चर्चिल ४ अंकमा शीर्षस्थानमा छ।
पञ्जावले पहिलो खेलमा आइज्वाल फुटबल क्लवलाई १–० ले हराएको थियो।
दोस्रो खेलमा गोकुलम केरला एफसीसँग ४–३ गोलअन्तरले पराजित भएको थियो।

प्रतिक्रिया