समाज


भारतमा आजदेखि सुरु भयो कोरोनाविरुद्धको खोप अभियान (तस्बिरहरु)

भारतमा आजदेखि सुरु भयो कोरोनाविरुद्धको खोप अभियान (तस्बिरहरु)

नेपालखबर
माघ ३, २०७७ शनिबार ८:४१,

आजदेखि भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरुवात गरिएको बीबीसीहिन्दीले जनाएको छ।

भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गरेका थिए।

खोप अभियानअन्तर्गत पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउन थालिएको छ।

असम में टीकाकरण

पहिलो चरणमा डाक्टर, नर्स, सरसफाइ कर्मचारी, प्रहरी तथा सेनालाई खोप लगाउन सुरुवात गरिएको हो।

खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन्।

बिहार में टीकाकरण

आज पहिलो दिन हरेक खोप केन्द्रमा सय जनाको दरले खोप लगाउने छन्।

दैनिक विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनले जानकारी दिएका छन्।

अर्को चरणमा ५० बर्षभन्दा बढी उमेरका व्यक्तिलाई मात्रै खोप दिइने मापदण्ड बनाइएको सरकारी अधिकारीहरुले जनाएका छन्। बृद्धबृद्धाहरु कोरोना भाइरसबाट सङ्क्रमणको उच्च जोखिम हुने र सङ्क्रमित भइसकेपछि जित्न पनि गाह्रो हुनेभएकाले उनीहरुलाई प्राथमिकतामा राखिएको उनीहरुले जनाएका छन्।

उमेरले ५० बर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका विरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ।

कश्मीर में टीकाकरण

झारखंड में टीकाकरण की शुरुआत

No description available.

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad