भारतमा भोलि (जनवरी १६) मा कोरोनाविरुद्ध खोप लगाउने विशाल अभियान सुरु गरिँदै छ।
यस अभियानअन्तर्गत देशका ३० करोडभन्दा बढी नागरिकलाई कोरोना खोप दिने भारत सरकारको योजना छ।
बीबीसीका अनुसार पहिलो चरणमा करिब ३ करोड स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिएका कर्मचारीलाई खोप दिइनेछ।
साथै कोरोना संक्रमणको जोखिममा रहेका र ५० वर्षन्दा माथि उमेरका २७ करोड नागरिकलाई खोप दिइने भारतले जनाएको छ।
याे पनि : कोरोना खोप : भारतमा उत्पादित कोभिसिल्डले पायो नेपालमा आपतकालीन प्रयोगको अनुमति

प्रतिक्रिया