समाज


२४ घण्टामा आगलागीका ७ घटना, दुईको मृत्यु

२४ घण्टामा आगलागीका ७ घटना, दुईको मृत्यु

नेपालखबर
पुस २८, २०७७ मंगलबार ९:३,

गएको २४ घण्टामा देशका विभिन्न सात स्थानमा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने लाखौंको धनमाल क्षति भएको छ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बर्दिया, झापा, रोल्पा, प्युठान, महोत्तरी, मोरङ र सल्यानमा आगलागी भएको हो।

बर्दियाको बारबर्दिया नगरपालिमा–५ धोबियामा २३ वर्षीया युवतीले खाना बनाउने क्रममा लगाएको कपडामा आगो सल्की घाइते भएकोमा भारतको लखनऊमा उपचारको क्रममा उनको मृत्यु भएको छ। यस्तै, झापाको दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविरको एक घरमा आगलागी हुँदा वर्ष ६० का १ पुरुष मृत्यु भएको छ।

प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म देशभर आगलागीक एक हजार४४९ घटना भएका छन्। जसमा ४५ जनाको मृत्यु भएको छ भने २५३ जना घाइते भएका छन्।

६२१ पशु चौपायाको मृत्यु भएकोमो अन्दाजी एक अर्ब ८ करोड ८६ लाख एक हजार ३६० रुपैयाँ बराबरको नोक्सान भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad