राजनीति


ओलीको तानाशाही प्रवृत्तिलाई परास्त गरेरै छाड्छौँ : श्रेष्ठ

ओलीको तानाशाही प्रवृत्तिलाई परास्त गरेरै छाड्छौँ : श्रेष्ठ

नेपालखबर
पुस २८, २०७७ मंगलबार ९:१,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिलाई परास्त गरेरै छाड्ने दावी गरेका छन्।

मंगलबार पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको तानाशाही र निरंकुश प्रवृत्ति लामो समयसम्म नचल्ने बताएका हुन्।

उनले देशलाई अग्रगमनमा लैजान, समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न तत्काली एमाले र माओवादी केन्द्रबीच एकता भएको बताउँदै त्सलाई ओलीले पद प्राप्त गर्ने माध्यममात्र बनाएको आरोप लगाए।

‘के पार्टी एकता एक जना व्क्तिलाई प्रधानमन्त्री बनाइराख्नका लागि मात्रै हो, प्रधानमन्त्री ओली र उनको समूहले यसको जवाफ दिनुपर्छ’, उनले भने।

प्रवक्ता श्रेष्ठले पार्टीको स्थायी समिति बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले बैठकबाट भागेर असंवैधानिक काम गर्न पुगेको बताए। उनले पार्टीमा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने कुनै छलफल नुहँदै ओलीले पदबाट हटाउँछन् कि भन्ने डरका प्रतिनिधि सभा विघटन गर्न पुगेको बताए।

प्रवक्ता श्रेष्ठले पार्टी विभाजन भएसँगै प्रधानमन्त्री ओली समूहले देशभर प्रधानमन्त्री आोलीले निर्वाचन आयोग र सर्वोच्च अदालतमा सेटिङ मिलाएको र प्रतिनिधि सभा पुनःस्थापना पनि नहुने, सूर्य चिन्ह र आधिकारि पार्टी आफ्नो हुने हल्ला चलाइरहेको बताए।

‘ओली समूहले केपी बाले निर्वाचन आयोग र अदालतसँग सेटिङ मिलाउनु भएको छ, त्यसकारण प्रतिनिधि सभा पनि पुनःस्थापना हुँदैन, सूर्य चिन्ह र आधिकारिक पार्टी हाम्रो हुन्छ भन्ने हल्ला फैलाइरहेका छन्’, प्रवक्ता श्रेष्ठले भने, ‘यसबारेमा स्वयं सर्वोच्च अदालत र तपाईं हामी सबै सचेत हुनुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad