समाज


पाठ्यक्रम सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आज पनि सुनुवाई

पाठ्यक्रम सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आज पनि सुनुवाई

नेपालखबर
पुस २८, २०७७ मंगलबार ०:३५,

विद्यालय तहको पाठ्यक्रम सम्बन्धी मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ। सोमबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासमा पाठ्यक्रम सम्बन्धी मुद्दा पेश भएको थियो।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार बहस नसकिएका कारण मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो। आज (मंगलबार) पनि यो मुद्दा सुनुवाईको लागि इजलासमा पेश गर्ने तयारी छ।

चालू शैक्षिक सत्रमा कक्षा १ र ११ मा लागू भइसकेको पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै २८ असोजमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो। सर्वोच्चले कात्तिक १९ गते ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नु, यथास्थितिमा राख्नु’ भनि अन्तरिम आदेश दिएको थियो।

आधाभन्दा बढी शैक्षिक सत्र सकिँदा पनि नयाँ कि पुरानो पाठ्यक्रम अनुसार पठनपाठन गर्ने भन्नेमा शिक्षक र विद्यार्थी अन्योलमा पर्दै आएका छन्।

यो पनि  कक्षा ११ का विद्यार्थीको दुर्भाग्य : गत वर्ष एसइई दिन पाएनन्, यस वर्ष पाठ्यपुस्तकमै अन्योल

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad