द हस्पिटल ग्रुप प्लास्टिक सर्जरी गर्ने बेलायतकै सबैभन्दा ठूलो अस्पताल हो।
ह्याकरले यस ग्रुपबाट ९ सय जिबी फेटोहरु चोरी गरेको बीबीसीले जनाएको छ।
यस कम्पनीले मानिसको वजन घटाउने, स्तन घटाउने बढाउने, नाकलाई मिलाउने लगायत शरीरलाई आकर्षक बनाउने सबै सेवा प्रदान गर्दछ।
यसबीचमा ह्याकरले सर्जरीअघि र पछिको तस्बिरहरु सार्वजनिक गर्ने भनेपछि भने अस्पताल र प्लास्टिक सर्जरी गर्ने मानिसहरु ससंकित बनेका छन्।
हस्पिटल ग्रुपले आफ्नो डेटा चोरी भएको विषयलाई पुष्टि गरेको छ।

आफ्नो शरीरलाई आकर्षक देखाउन हलिउडका चर्चित कलाकारहरुले प्लास्टिक सर्जरी गराएका छन्। कोरियामा पनि प्लास्टिक सर्जरी गर्ने लहर ह्वात्तै बढेको बताइन्छ।
प्लास्टिक सर्जरी महँगो उपचार हो। विश्वमा प्लास्टिक सर्जरी प्राकृतिक नभएको एकाथरीको तर्क छ भने अर्काथरी यसलाई जायज ठान्दछन्।
हस्पिटल ग्रुपको डेटा चोरी भएपछि प्लास्टिक सर्जरी गराएका मानिसहरुले आफूले गोप्य हिसाबमा प्लास्टिक सर्जरी गराएको र पहिलेको आफ्नो तस्बिर सार्वजनिक भए त्यसले आफूलाई अप्ठेरो महसुस गराउने बताइरहेका छन्।
बलिउडका अभिनेत्रीहरुले पनि नाक, ओठ, स्तन प्लास्टिक सर्जरी गराएको चर्चा चल्ने गरेको छ। उनीहरुको पहिलेको र अहिलेको तस्बिरलाई तुलना गर्दा पनि भिन्नता पाउन सकिन्छ। एजेन्सी
कोरियाली अभिनेत्री पार्क मिन योङले प्लास्टिक सर्जरी गराएको स्वीकारेकी छिन्।

प्रतिक्रिया