राजनीति


प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ : देउवा

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ : देउवा

नेपालखबर
पुस ११, २०७७ शनिबार ८:३६,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन संविधानमा भएको व्यवस्थाको प्रतिकूल, जनभावना विपरीतको कार्य भएको भन्दै कांग्रेस एकमतका साथ यसको विपक्षमा उभिएको बताएका छन्।

पुस १३ गते कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्या एक विज्ञप्ति प्रकाशित गर्दै सभापति देउवाले सक्रिय सहभागितका लागि आग्रह गरेका छन्।

सभापति देउवाले प्रतिनिधि सभा विघटन भएकै दिन पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले प्रधानमन्त्रीको यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको बताएका छन्।

सभापति देउवाले आफ्नै प्रस्तावमा १३ गते प्रदर्शनको मिति तोकिएको भन्दै केन्द्रीय समिति बैठकपछि सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित भएको बताएका छन्।

कांग्रेसभित्र प्रतिनिधिसभा विघटनलाई लिएर दुई मत देखिएको र सभापति देउवा विघटनका पक्षमा देखिएको चर्चा चलिरहेका उनले विज्ञप्ति नै निकालेर यसबारे प्रस्ट पारेका हुन्।

उनले १३ गतेको विरोध प्रदर्शनमा सक्रिय रुपले सहभागी हुन पार्टी सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीहरुलाई आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad