समाज


कोरोना प्रकोपका कारण युरोपमा क्रिसमस पनि फिक्का

कोरोना प्रकोपका कारण युरोपमा क्रिसमस पनि फिक्का

नेपालखबर
पुस ११, २०७७ शनिबार ७:५४,

कोरोना भाइरसको प्रतिबन्धका कारण उनीहरुमा यस्तो समस्या भएको बताइएको छ।

युरोपमा क्रिसमस सुरु भएको छ र आगामी केही दिन योसँगै नयाँ वर्षको अवसरमा पनि विदा दिइएको छ।

तर पनि नागरिकहरु विदाका साथै क्रिसमसको अवसरमा समेत घरबाट बाहिर निस्किन पाएका छैनन्। धेरै जना नागरिकलाई एकै पटक एक स्थानमा जम्मा हुन दिइएको छैन भने कतिपय स्थानमा त घरबाहिर जान पनि नपाइने गरी कडा खालका प्रतिबन्धहरु लगाइएको छ।

होटल रेष्टुरेन्टहरु साँझको छ बजे नै बन्द गर्न भनिएको छ भने होटल तथा पार्टी गर्ने स्थानहरुमा यस्ता समारोहको आयोजना गर्न पनि दिइएको छैन।

युरोपका बेलायत, जर्मनी, फ्रान्सलगायतका देशमा भाइरसको दोस्रो लहर आएको बताइएको छ। यसले गर्दा क्रिसमसको समयमा यसअघि कहिल्यै पनि नभोगेको समस्यामा युरोपका प्राय देशका नागरिक परेका बताइएको छ।

बेलायतमा त कोरोना भाइरस जिवाणुको नयाँ स्वरुपको प्रकोप नै भेटिएको भन्दै यहाँका कतिपय स्थानमा कडा खालका प्रतिबन्धहरु लगाइएको छ।

बेलायत सरकारले गएको बुधबार पनि यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ। ती स्थानमा नागरिकलाई घरबाट बाहिर पनि निस्किन दिइएको छैन।

यहाँका अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका छन् र यसका कारण युरोपका नागरिकले क्रिसमसको अवसरमा कुनै पनि समारोह गर्ने र आनन्द लिने काम गर्न पाएका छैनन्।

युरोपका कतिपय देशहरुमा यो भाइरसको दोस्रो लहर आएको बताइएको छ। बेलायतमा केही हप्ता यता देखि कडा खालका प्रतिबन्धहरु लगाएको थियो र यसपछि पछिल्ला केही दिनहरु यतादेखि पनि यहाँ झनै कडा भाइरस आएको भन्दै थप प्रतिबन्धहरु लगाइएको थियो।

बेलायत र अरु पनि कैयौँ देशमा क्रिसमसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाइएको छ।

जर्मनी, बेलायत र फ्रान्सकै पनि कतिपय स्थानका मानिसलाई घरबाट निस्किन समेत नपाउने गरी प्रतिबन्धहरु लगाइएको अधिकारीहरुले जानकारी गराएका छन्।

युरोपका देशहरुले कोरोना भाइरसको प्रकोपको थप समस्याको आंकलन गरेर क्रिसमस पर्व र नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट बाहिर ननिस्कन र निस्किएमा पनि भिडभाड नगर्न भनी कडा खालका नियमहरु बनाएका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad