समाज


६ हजार ५५९ पीसीआर परीक्षण गर्दा ७४३ जनामा कोरोना पुष्टि, ९५२ निको भए

६ हजार ५५९ पीसीआर परीक्षण गर्दा ७४३ जनामा कोरोना पुष्टि, ९५२ निको भए

नेपालखबर
पुस ८, २०७७ बुधबार १०:३७,

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप ७४३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार ९७९ पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै आज देशभरमा सक्रिय संक्रमितको संख्या ७५१५ रहेको छ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ५५९ जानको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९५२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको छ।

त्यस्तै पछिल्ले २४ घण्टामा थप ५ जना संक्रमितको निधन भएको छ। मन्त्रालयका अनुसार योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .