समाज


विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
असार १५, २०८३ सोमबार १७:३४, काठमाडौँ

नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

सोमबार विशेष अदालत, काठमाडौँले पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो। 

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि सोमबार अदालतमा पेश गरेको थियो। विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। 

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विभागले पौडेलविरुद्ध अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad