समाज


जापानमा नेपाली विद्यार्थी सुरेन्द्र वलीको मृत्यु

जापानमा नेपाली विद्यार्थी सुरेन्द्र वलीको मृत्यु

नेपालखबर
असार १५, २०८३ सोमबार १६:५०, काठमाडौँ

सनौलो भविष्यको सपना साँचेर अध्ययनका लागि जापान पुगेका नेपाली विद्याथी सुरेन्द्र वलीको निधन भएको छ। शनिबार राति उनको निधन भएको हो। प्रान्तीय राजधानी चिबामा सहरमा उनको जीवन अन्त्य भएको हो।

सुरेन्द्रको मृत्युले टोकियोबाट केही टाढा रहेको चिबाको नेपाली समुदाय स्तब्ध बनेको छ। गैरआवासीय नेपाली संघ (एनआरएन) जापानका एक सदस्यका अनुसार उनी त्यहाँ जापानी भाषा अध्ययनरत थिए। 

गैरआवासीय नेपाली संघ, जापानका पदाधिकारी, रोल्पास्थित सुरेन्द्रको परिवार, गंगादेव गाउँपालिकाका जनप्रतिनिधिले घटनाको पुष्टि गरेका छन्। 

उनको नेपाल ठेगाना रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ६ बल्ले डिमुरगौरा हो। 

परिवार सदस्यका अनुसार सुरेन्द्र २१ वर्षका थिए।
‘मृत्युको कारणबारे भोलि मंगलबारसम्म चिकित्सकले रिपोर्ट दिन्छु भनेका छन्’, एनआरएनए जापानका एक सदस्यले नेपालखबरसँग भने, ‘त्यसपछि के गर्ने भनेर हामी छलफल गरिरहेका छौँ।’ एनआरएनए जापान अन्तर्गत चिबा क्षेत्रका संयोजकमा कुलप्रसाद सुवेदी छन्। 

जापान जाने ९० प्रतिशतभन्दा बढी नेपाली विद्यार्थी आइटी, एमबीए वा बिजनेस म्यानेजमेन्ट पढ्न जाने होइनन्। त्यहाँका विश्वविद्यालय वा कलेजहरुले एन–टू वा एन–वान तहको भाषा भएपछि मात्र भर्ना लिन्छन्। थप अध्ययनका लागि सुरेन्द्रले यस्तै भाषा स्कूलमा पढिरहँदा ज्यान गुमाएका हुन्।

यो दुःखद घटनाले जापानको नेपाली समुदाय स्तब्ध छ। नेपालीहरुले सामाजिक सञ्जालमा भावुक स्टाटस लेखिरहेका छन्।

सुरेन्द्रको घर रहेको रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष भरत वलीका अनुसार १२ कक्षा उत्तीर्ण गरेपछि उनले काठमाडौंमा प्रारम्भिक जापानी भाषा सिकेर अध्ययनका लागि जापान गएका हुन्। ‘मातापिता चाहना सुरेन्द्रको शव नेपाल ल्याउने भन्ने छ। हाम्रो नेपाली परम्पराअनुसार अन्त्येष्टि गर्न चाहनु भएको छ’, वडा अध्यक्ष ओलीले नेपालखबरसँग भने। 

तीन दाजुभाइमध्ये सुरेन्द्र माइला हुन्। जेठा रमेश र कान्छा कर्ण वैदेशिक रोजगारी क्रममा हिजोआज युनाइटेड अबर इमिरेट्स (युएई) मा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad