बुधबार उनले पोस्ट गरेको एउटा तस्बिर पनि भाइरल बनेको छ। त्यहाँ उनले बिकिनी लगाएको देखिएको छ।
उनले मेक्सिको भ्रमणका बेला तुलुमको टापुमा खिचेको तस्बिर पोस्ट गरेको क्याप्सनमा बताएकी छिन्। उनले उक्त स्थान आफूलाई ज्यादै मनपर्ने बताएकी छिन्।
सुशान्त सिंहले आत्महत्या गर्नुको कारण बलिउडमा व्याप्त नातावाद र क्रिपावाद भएको कंगनाको भनाइ थियो। कंगनाकै कारण भारतका चर्चित अभिनेता, अभिनेत्री तथा निर्देशक अनुसन्धानको घेरामा परेका थिए।
अनुसन्धानका क्रममा बलिउडमा जकडिएको लागूपदार्थको रहस्य पनि खुलेको थियो। सो क्रममा दीपिका पादूकोण लगायतका अभिनेत्रीलाई प्रहरीले सोधपुछ गरेको थियो।
हाल भारतमा हुने समसामयिक विषयमा कंगनाले आवाज उठाउँदै आएकी छिन्। सो क्रममा उनको प्रशंसा र आलोचना उत्तिकै मात्रामा हुँदै आएको छ।
306
Shares
प्रतिक्रिया