समाज


काठमाडौंकाे बालाजु क्षेत्रमा अहिले बिहान ७ बजेदेखि काटिँदैछ बिजुली

काठमाडौंकाे बालाजु क्षेत्रमा अहिले बिहान ७ बजेदेखि काटिँदैछ बिजुली

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ०:५,

आज (शुक्रबार) काठमाडौंको बालाजु सबस्टेसनबाट वितरित विद्युत् तीन घण्टा काटिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाले अहिले बिहान ७ बजेदेखि १० बजेसम्म बालाजु ‌औद्याेगिक क्षेत्र १, बालाजु ‌औद्याेगिक क्षेत्र २, ढुंगेधारा, महाराजगन्ज २, नयाँ बजार र धर्मस्थली फिडर सटडाउन गरिने (विद्युत् काटिने) भएको हो।

साथै भोलि (शनिबार) पनि दिउँसो १२ बजेदेखि ३ बजेसम्म उल्लिखित स्थानमा विद्युत् काटिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad