समाज


एसियाली देशमा कोरोनाविरुद्धको खोप आउन एक बर्ष लाग्न सक्छ : डब्लुएचओ

 एसियाली देशमा कोरोनाविरुद्धको खोप आउन एक बर्ष लाग्न सक्छ : डब्लुएचओ

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ०:७,

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रका देशमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक बर्षसम्म लाग्न सक्ने जनाएको छ।

संगठनले एसियाली देशहरुले तत्काल खोप पाउने सम्भावना कम रहेको जनाएको छ। डब्लुएचओले खोप आउन छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने जनाएको हो।

डब्लुएचओका अनुसार ढिला आउनुको कारणमध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु हो।

खोपको उत्पादन, गुणस्तर व्यवस्थापन र ठाउँ ठाउँमा पु¥याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ। डब्लुएचओका क्षेत्रीय निर्देशक डा.ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरूसँगको कुराकानीका क्रममा एसियाली देशमा खोप आउन ढिला हुने बताएका हुन्।

‘कतिपय देशहरूले खोप ल्याउनका लागि सम्झौता गरेका छन्, तर अधिकांश देशले अझै पनि सुरु गर्न सकेका छैनन, उनीहरूले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै खोप ल्याउन सक्ने देखिन्छ,’ उनले भने। अति उच्च जोखिममा रहेकाहरूलाई खोपमा प्राथमिकता दिइने डब्लुएचओले जनाएको छ।

स्वास्थ्यसम्वन्धी निकायहरूले सवैलाई खोप लगाउँदैमा कोरोनाको महामारी नरोकिने बताउने गरेका छन्। लामो समयका लागि अहिलेकै जस्तै सतर्कता अपनाइरहनु पर्नेमा विज्ञहरुले जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad