काठमाडौँको चन्द्रागिरी नगरपालिका–८ बौथली चोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पसलमा ठोक्किँदा तीन बालबालिका सहित पाँच जना घाइते भएका छन्।
रौतहटको राजदेवी नगरपालिका–२ का ३३ वर्षीय उपेन्द्र ठाकुरले चलाएको बाप्र०२–०३६ प ७६१५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक उपेन्द्र ठाकुर, उनकी ३० वर्षीया श्रीमती रमिता देवी ठाकुर, ३ वर्षीय छोरा रुस्तम ठाकुर, बाँके घर भएका २ वर्षीय सरोज तामाङ र चन्द्रागिरी–८ बौथली चोककी ५ वर्षीया युजला श्रेष्ठ घाइते भएका छन्।
घाइतेहरूको प्रहरीको निगरानीमा राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
12
Shares

प्रतिक्रिया