मोबाइल चोरेको आरोपमा बालबालिकाहरूलाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा बाराबाट चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार यही असार १६ गते जितपुर सिमरा उपमहानगरपालिका–१६ टांगिया बस्ति स्थित सार्वजनिक चौतारामा ४ जना बालबालिकाहरूलाई मोबाइल चोरी गरेको भन्ने विषयमा बरको रुखको फेदमा डोरीले बाँधी कुटपिट गरिएको थियो।
कुटपिट गर्ने चार जनालाई आज (असार १७ गते) प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ टांगिया बस्ती बस्ने अन्दाजी वर्ष ६२ की मिना रजन मगर, वर्ष ३२ की पवि कुमारी आले मगर, वर्ष ३० की रानिमाया मोक्तान र वर्ष ४२ की निर्मला वाईवा रहेका छन्।
उनीहरूविरुद्ध बालबालिका विरुद्धको कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया