ad ad

समाज


यूएइको परीक्षण भन्छः कोरोनाविरुद्धको चिनियाँ खोप ८६ प्रतिशत प्रभावकारी

यूएइको परीक्षण भन्छः कोरोनाविरुद्धको चिनियाँ खोप ८६ प्रतिशत प्रभावकारी

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ९:१०,

सिनोफार्मको खोप ८६ प्रतिशत प्रभावकारी देखिएको यूएइको सरकारी समाचार संस्था इमाइरेट्स न्युज एजेन्सीले जनाएको हो।

सिनोफार्मको कोरोनाविरुद्धको खोप हाल तेस्रो चरणमा प्रवेश गरेको खोप हो। अन्तिम चरणको परीक्षण यूएइमा पनि भइरहेको हो।

गत जुलाईदेखि नै यहाँ सिनोफार्मको खोपको अन्तिम परीक्षण भइरहेको छ। यूएईमा सिनोफार्मको खोपले आपतकालीन प्रयोगका लागि पनि अनुमति पाइसकेको छ।

यूएइका अनुसार सिनोफार्मको खोपले कोरोनाविरुद्ध शरीरमा ९९ प्रतिशत एन्टिबडी उत्पादन गरेको देखिएको छ।

मंगलबार मात्र इन्डोनेसियाको अध्ययनले चिनियाँ सिनोभ्याकको खोप ९७ प्रतिशत प्रभावकारी देखिएको बताएको थियो।

यो पनिः चिनियाँ सिनोभ्याकको खोप ९७ प्रतिशत प्रभावकारी देखियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .