ad ad

राजनीति


सहिद रामवृक्ष यादवको सालिक भत्काइएको होइन, सार्न लागिएको हो : शिक्षामन्त्री पोखरेल

सहिद रामवृक्ष यादवको सालिक भत्काइएको होइन, सार्न लागिएको हो : शिक्षामन्त्री पोखरेल

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ९:११,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सहिद रामवृक्ष यादवको सालिक भत्काइएको नभइ सार्न लागिएको स्पष्ट पारेका छन्।

बुधबार मन्त्री पोखरेलले एक विज्ञप्ति प्रकाशित गर्दै यादवको सालिक भत्काइएको भन्दै सामाजिक सञ्जालमा आफूलाई जोडेर भ्रमपूर्ण हल्ला फैलाइएको भन्दै त्यसले आफूलाई दुखित बनाएको बताएका छन्।

उनले आफू न्यायपूर्ण आन्दोलनमा लागेका कारण सबै सहिद र योद्धाहरुको सम्मान र कदर गर्नु  कर्तव्य भएको बताउँदै आफू त्यसप्रति प्रतिवद्ध रहेको समेत प्रस्ट पारेका छन्।

उनले महोत्तरीको बर्दिवास नगरपालिकाको खयरमारामा रहेको यादवको सालिक उनको जन्मथलो धनुषाको बरमझिया सार्न लागिएको जानकारी दिए।

‘सहिद क. रामवृक्ष यादवको सालिक उहाँकै जन्मथलो, कर्मथलो धनुषाको बरमझिया लगेर स्थापित गर्ने योजनाअनुरुप अर्धकदको सालिकलाई रङरोगन गरी व्यवस्थित ढंगले लैजाने क्रममा जुन ढंगले नकारात्मक टिकाटिप्पणी भइरहेको छ, त्यसले मलाई मर्माहत बनाएको छ’, मन्त्री पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्री पोखरेलले यादवलाई आफूले सधैँ सम्मान गर्ने र आफू स्वास्थ्यमन्त्री हुँदा जनकपुर अस्पतालमा उनका नाममा आईसीयू सेन्टर स्थापना गरेको समेत स्मरण गराएका छन्।

उनले नकारात्मक टिकाटिप्पणीमा नलागि यादवको सालिकलाई बरमझिया लगेर स्थापित गर्नका लागि सहयोग गर्न आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .