ad ad

कारोबार


सरकारी कम्पनीले थाल्यो समर्थन मूल्यमा धान खरिद, अधियाँमा खेती गरेकालाई धान बेच्ने चिन्ता

सरकारी कम्पनीले थाल्यो समर्थन मूल्यमा धान खरिद, अधियाँमा खेती गरेकालाई धान बेच्ने चिन्ता

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ९:१०,

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्जले कुपन प्रणालीबाट धान खरिद कार्य सुरु गरेको छ।

कम्पनीले किसानलाई सहज तुल्याउन कुपन वितरण गरी सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद सुरु गरेको हो।

तर कुपन लिनका लागि लालपुर्जा देखाउनुपर्ने व्यवस्था गरिएपछि भने अधियाँ बटिया गरी धान उत्पादन गरेका किसानहरु चिन्तित देखिन्छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय नेपालगञ्जले कुपन प्रणालीबाट धान खरिद गर्ने व्यवस्था गरेपछि किसानहरुले सजिलै धान बिक्री गर्न पाएका छन्।

कुपन अनुसार आफ्नो पालो परेको दिन प्रतिकुपन ५० क्विन्टलसम्म धान बिक्री गर्न पाउने व्यवस्था गरिएको छ।

सोही व्यवस्थाका कारण किसानहरु दैनिक रुपमा आफ्नो कुपनअनुसार धान लिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयसम्म पुग्छन्।

कम्पनीका मुख्य शाखा प्रमुख निर्मल थापाले किसानलाई वितरण गरिएको कुपनमा कृषकको विवरणसहित धानको अनुमानित परिमाण र धान लिएर आउने दिन तोकिएकोले किसानलाई सहज भएको बताए।

कुपन प्रणाली लागू गर्दा धान लिएर बिक्रीका लागि लाइन लाग्नुपर्ने स्थितिको समेत अन्त्य भएको छ।

कुपन प्रणालीबाट धान खरिद भएपछि सहज भएको कृषकहरुले बताएका छन्। कुपन प्रणाली लागु गरे पछि कुपन वितरणमा भने भीड लाग्ने गरेको छ।

कुपन लिनका लागि किसानले लालपुर्जा अनिवार्य देखाउनुपर्ने व्यवस्था गरिएको छ। यसबाट अधियाँ बटियामा खेती गर्ने किसानले कुपन पाउनसकेका छैनन्।

त्यसैले बिचौलियाहरुले चलखेल गरिरहेको गुनासो पनि किसानहरुको छ। स्थानीय किसान सिराज अहमदले ५० क्विन्टल धान बिक्री गर्न २५ कठ्ठा जग्गाको लालपुर्जा देखाउनुपर्ने भएकाले समस्या भएको बताए।

कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष पहिलो चरणमा ४० हजार क्विन्टल मोटा र मध्यम धान खरिद गर्ने लक्ष्य राखेको छ।

सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ समर्थन मूल्य तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .