ad ad

समाज


इन्डोनेसिया भन्छः चिनियाँ सिनोभ्याकको खोप ९७ प्रतिशत प्रभावकारी देखियो

इन्डोनेसिया भन्छः चिनियाँ सिनोभ्याकको खोप ९७ प्रतिशत प्रभावकारी देखियो

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १२:३५,

इन्डोनेसियामा सिनोभ्याकको खोप परीक्षण गरिरहेको बायो फर्माले मंगलबार आफ्नो खोप परीक्षणमा सिनोभ्याकको खोप ९७ प्रतिशतसम्म प्रभावकारी देखिएको बताएको हो।

बायो फर्माका प्रवक्ता इवान सेनियावान भन्छन्,‘सिनोभ्याकको खोप परीक्षणमा खटेका हाम्रो टोलीले एक महिनाको अवधिमा यस खोप ९७ प्रतिशत प्रभावकारी पाएका छन्।’

हाल इन्डोनेसियामा सिनोभ्याकको खोपको अन्तिम चरणको परीक्षण भइरहेको हो।

फाइजर, एस्ट्राजेनिका तथा रुसको स्पुतनिक–भी खोप ९५ प्रतिशत प्रभावकारी भएको समाचार हालै सार्वजनिक भएका थिए।

यसबीचमा चिनियाँ सिनोभ्याकको खोप ९७ प्रतिशत प्रभावकारी भएको बताइएको हो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .