ad ad

समाज


आणविक अस्त्र उन्मुलनको माग गर्दै ९ वटा दूतावासअगाडि एकैसाथ धर्ना तथा प्रदर्शन गरिँदै

आणविक अस्त्र उन्मुलनको माग गर्दै ९ वटा दूतावासअगाडि एकैसाथ धर्ना तथा प्रदर्शन गरिँदै

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ८:२६,

मानव अधिकार तथा शान्ति समाजले आणविक हतियार निषेध सन्धिलाई छिटो अनुमोदन गर्न र आणविक अस्त्ररहित विश्वको लागि आग्रह गर्दै बिहीबार काठमाडौंस्थित ९ वटा दूतावास अगाडि धर्ना तथा प्रदर्शन गर्ने भएको छ।

समाजले सुरु गरेको विशेष अभियान अन्तर्गत सो प्रदर्शन गर्न लागेको सो संस्थाले जनाएको छ।

समाजका अनुसार ७२औं अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन १० डिसेम्बर अर्थात मंसिर २५ गते मध्यान्ह १२ बजे आणविक क्लबका सदस्य राष्ट्रहरुको काठमाण्डौ तथा ललितपुरस्थित ९ वटा दुतावासअगाडि एकसाथ प्रदर्शन गरिन लागेको हो।

आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै मानव अधिकार तथा शान्ति समाज २५ वर्षदेखी अभियान गरिरहेको उसले जनाएको छ।

पछिल्लो चरणमा सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघ आयोजित सम्मेलनद्वारा आणविक हतियार निषेध सन्धि ग्रहण भई २०१७ सेप्टेम्बर २० मा हस्ताक्षरका लागि खुला भएको र २४ अक्टोबर २०२० मा ५० राष्ट्रले अनुमोदन गरेको हुँदा त्यसको ९० दिनपछि अर्थात २०२१ को जनवरी २२ बाट यो सन्धि लागू हुन गइरहेको छ।

nuclear banner HURPES

यो सन्धिले आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन, निर्माण, भण्डारण आदीलाई निषेध गरेको छ भने आणविक अस्त्रको प्रयोग वा प्रयोग गर्ने धम्कीलाई समेत निषेध गरेको छ। यो सन्धि आणविक अस्त्रको पूर्ण उन्मूलनतर्फ उन्मुख भएको हुँदा विश्व शान्तिका लागि कोशेढुंगो मानिएको छ।

८४ राष्ट्रले हस्ताक्षर गरिसकेको यो सन्धिमा नेपालले हस्ताक्षर गरेता पनि हालसम्म अनुमोदन गरेको छैन भने आणविक अस्त्र भएका राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलले अझैसम्म अनुमोदन गरेका छैनन्।

समाजले अमेरिका, पाकिस्तान, रुस, चीन, बेलायत, भारत, फ्रान्स, इजरायल र उत्तर कोरियाका काठमाडौं र ललितपुरस्थित दूतावासअगाडि धर्ना तथा प्रदर्शन गर्न लागेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .