समाज


निर्वाचन उल्ट्याउने ट्रम्पको प्रयासमा साथ दिँदै आएका वकिल रुडी कोरोना संक्रमित

निर्वाचन उल्ट्याउने ट्रम्पको प्रयासमा साथ दिँदै आएका वकिल रुडी कोरोना संक्रमित

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ८:४३,

हालै सम्पन्न अमेरिकी निर्वाचन उल्ट्याउने ट्रम्पको प्रयासमा साथ दिँदै आएका वकिल रुडी कोरोना संक्रमित भएसँगै ट्रम्पले ट्वीटरमा रोग चाँडै निको होस् भन्दै स्वास्थ्य लाभको कामना गरेका छन्।

गत अक्टोबरमा ट्रम्प कोरोना संक्रमित बनेका थिए।

रुडीलाई यतिबेला वासिङटन डिसीको मेडस्टार जर्जटाउन युनिभर्सिटी हस्पिटलमा भर्ना गरिएको अमेरिकी संचार माध्यमले जनाएका छन्।

गत नोभेम्बर ३ मा सम्पन्न भएको अमेरिकी राष्ट्रपतीय निर्वाचन तया रुडी विभिन्न स्थानमा भ्रमणमा गएका थिए।

उनले सो क्रममा मास्क लगाएका थिएनन् भने व्यक्ति–व्यक्तिबीच कायम गरिनुपर्ने नियमको उल्लंघन गरेका थिए।

गत बिहीबार मात्र उनी जोर्जिया गएका थिए। त्यहाँ उनले चुनावमा धाँधली भएको दाबी गरेका थिए।

चुनावमा धाँधली भएको ट्रम्पको समर्थकको यस्ता थुप्रै दाबीलाई अमेरिकी अदालतले आधारहीन भन्दै खारेज गरिरहेको छ।

डेमोक्रेटिक नेता जो बाइडेन अमेरिकको राष्ट्रपति बन्ने निश्चित भइसकेको छ। उनले जनवरी २० मा राष्ट्रपतिको शपथग्रहण गर्नेछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad