अस्ट्रियाको वार्षिक गुप्तचर प्रतिवेदनका अनुसार उत्तर कोरियाले युरोपमा भियनाबाट जासूसी गरिरहेका छन्।
जासूसी कार्यकै लागि भनेर उत्तर कोरियाले आफ्ना एजेन्टहरु युरोपमा पठाएको पनि प्रतिवेदनमा जनाइएको छ।
उत्तर कोरियाका जासूसहरुले अस्ट्रियाको हित विपरित कार्य गरिरहेको आरोप लगाइएको छ।
प्रतिवेदनमा उल्लेख भएअुनसार घरेलु व्यापार संजाल तथा युरोपेली संघ र बहुराष्ट्रिय संस्थाहरुमा जासुसीको प्रयास गरिएको छ।
यसअघि संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा अस्ट्रियाबाट उत्तर कोरियाले अवैध राजस्वहरु उठाएको जनाइएको थियो।
भियना उत्तर कोरियाको लागुपदार्थ तथा हतियार कारोबारको केन्द्र भएको पनि बताइएको थियो।
त्यस्तै ब्लुमबर्गको एक रिपोर्ट अनुसार उत्तर कोरियाले युरोपमा जासूस गर्न अस्ट्रियाको भियनालाई प्रवेशद्वार बनाएको बताइएको थियो। एजेन्सी
प्रतिक्रिया