ad ad

समाज


भक्तपुरको कौशलटारमा दुर्घटनाग्रस्त कार बाहिर युवतीको शव फेला, सनाखत हुन बाँकी

भक्तपुरको कौशलटारमा दुर्घटनाग्रस्त कार बाहिर युवतीको शव फेला, सनाखत हुन बाँकी

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ३:४१,

 भक्तपुरको कौशलटारमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको कार बाहिर एक युवतीको शव फेला परेको छ। करिब २५ वर्षीया युवतीको सनाखत हुन भने बाँकी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले जानकारी दिइन्।

मध्यपुरथिमि नगरपालिका ३ कौशलटारमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बा ८ च ४७५६ नम्बरको कार बाहिर घाइते अवस्थामा युवती फेला परेकी थिइन्। ‘उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो,’ एसपी थापाले नेपालखबरसँग भनिन्, ‘उनको सनाखत हुन बाँकी छ। आफन्तलाई खबर गरेका छौँ। केही बेरमा सनाखत होला।’

भक्तपुरबाट काठमाडौं तर्फ आउँदै गरेको अवस्थामा राति पौने १ बजे कार सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ। कारमा कतिजना सवार थिए र कसले चलाएको खुलेको छैन।

दुर्घटनापछि चालकसहित अन्य यात्रु भागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .