ad ad

राजनीति


नेकपा विवाद फेरि स्थायी कमिटीमा प्रवेश गर्दै, ओलीको इच्छाविपरीत आज बैठक बस्दै

नेकपा विवाद फेरि स्थायी कमिटीमा प्रवेश गर्दै, ओलीको इच्छाविपरीत आज बैठक बस्दै

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ३:२३,

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद ३ महिना पनि नपुग्दै फेरि स्थायी कमिटीमा प्रवेश गर्दै छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अहसमति हुँदाहुदै आज (आइतबार) स्थायी कमिटीको बैठक बस्न लागेको हो।

शनिबार बालुवाटारमा भएको सचिवालयको बैठकमा ओलीले औपचारिक तथा अनौपचारिक वार्ताका लागि स्थायी कमिटी बैठक १५ दिन पर सार्न प्रस्ताव गरेका थिए।

तर बैठकले अस्वीकार गर्दै पहिले तोकिएकै मिति र स्थानमा स्थायी कमिटी बैठक राख्न लागेको हो।

ओली अनुपस्थित मंगलबारको सचिवालय बैठकले यही मंसिर १८ गतेका लागि तोकिएको स्थायी कमिटी बैठक आज २१ गतेका लागि सारेको हो।

‘दिउँसो १ बजे बैठक बस्ने जानकारी केन्द्रीय कार्यालयले गराएको छ,’ स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले नेपालखबरसँग भने, ‘बैठकमा जाउँ। कसरी अघि बढ्छ, त्यहीं पुगेपछि थाहा हुन्छ।’

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने पहिलो दिन (आइतबार) को स्थायी कमिटी बैठकमा दुवै अध्यक्ष (ओली-प्रचण्ड) का प्रस्ताव र एकलेअर्कालाई लेखेका चिठ्ठी स्थायी कमिटी सदस्यले औपचारिक रूपमा प्राप्त गर्ने छन्।

त्यसपछि अर्काे बैठक बिहीबार मात्रै बस्नेछ।

आजको बैठकमा पत्र र राजनीतिक प्रस्ताव प्रस्तुत हुनेछन् र अध्ययनका लागि सदस्यले समय प्राप्त गर्नुहुनेछ,’ एक नेताले नेपालखरसँग भने, ‘तीन दिनको समय दिएर अर्को बैठक मंसिर २५ गते बस्ने तयारी छ। जसका कारण केन्द्रीय कमिटीको बैठक केही पछि सर्नेछ।’

गत वैशाखमा नेकपाभित्रको विवाद सतहमा आएको थियो र असारमा सुरु स्थायी कमिटीको बैठकमा पुग्दा त्यसले उग्र रूप लिएको थियो।

स्थायी कमिटीको बैठकमा दुवै अध्यक्षले एकअर्कालाई लेखेका पत्र र सचिवालयका बैठकमा प्रस्तुत गरेका फरक-फरक राजनीतिक प्रस्ताव स्थायी कमिटीको बैठकमा जानेछन्।

याे पनि : 

स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा ओलीपक्षीय नेता अन्याेलमा

ओलीले दोहोर्‍याए प्रधानमन्त्री र अध्यक्ष पद नछाड्ने अडान

नेकपा विवाद : थापाले राखेको प्रस्ताव सचिवालय सदस्यले गरे अस्वीकार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .