समाज


पिकनिक जाँदै गरेको सुमो र बोलेरो ठोक्किँदा एकको मृत्यु, १८ यात्रु घाइते

पिकनिक जाँदै गरेको सुमो र बोलेरो ठोक्किँदा एकको मृत्यु, १८ यात्रु घाइते

नेपालखबर
जेठ २३, २०८३ शनिबार १९:२३, हेटौंडा

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ धारा ढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक यात्रुको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन्।

शनिबार हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो पिकअप दुर्घटनामा परेका हुन्। काठमाडौँको पेप्सीकोलास्थित एक पानी कम्पनीमा कार्यरत कामदारहरू पिकनिकका लागि सिस्नेरी आउँदै गर्दा बोलेरो अनियन्त्रित भई पल्टिने क्रममा सुमोसँग ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा काभ्रेको पनौती नगरपालिका-१ घर भई हाल काठमाडौँ बस्दै आएका ३७ वर्षीय पूर्णबहादुर तामाङको उपचारका क्रममा बी एन्ड बी अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेहरूमा काभ्रे घर भई हाल काठमाडौँ पेप्सीखोला बस्ने ३० वर्षीय जुनु बाबु तामाङ, सुनसरी घर भई हाल भक्तपुर ठिमी बस्ने २१ वर्षीय समिर उरम, महोत्तरी घर भई हाल काठमाडौँ पेप्सीकोला बस्ने २६ वर्षीय रबी मगर, नुवाकोट घर भई हाल काठमाडौँ बस्ने १९ वर्षीय टंकबहादुर तामाङ, काभ्रे पनौती घर भई हाल ललितपुरको छतिवन बस्ने ३० वर्षीय रोहन तामाङ रहेका छन्। 

यस्तै, काभ्रेको कोशिपारी घर भई हाल काठमाडौँ जडिबुटी बस्ने ४० वर्षीय कुमार खरेल, काभ्रे घर भई हाल काठमाडौँ पेप्सीकोला बस्ने २४ वर्षीय रोशन लामा, काभ्रेको पनौती घर भई हाल काठमाडौँ बस्ने २८ वर्षीय सुरेश लामा, काभ्रे घर भई हाल काठमाडौँ जडिबुटी बस्ने २६ वर्षीय सुरेश तामाङ र महोत्तरीको बर्दिबास घर भई हाल काठमाडौँ पेप्सीकोला बस्ने ४४ वर्षीय कृष्णबहादुर सुसलिङ घाइते भएका छन्।

 

यस्तै, सोलुखुम्बु घर भई हाल काठमाडौँ बस्ने २८ वर्षीय गोपी खड्का र रामेछाप घर भई हाल काठमाडौँ जडिबुटी बस्ने २१ वर्षीय गुणराज भुजेल घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। 

महोत्तरी घर भई हाल काठमाडौँ बस्ने २० वर्षीय कबिर मगर, रामेछाप घर भई हाल काठमाडौँ बस्ने १९ वर्षीय सबिन मगर, ओखलढुंगा घर भई हाल काठमाडौँ बस्ने १७ वर्षीय अर्जुन मगर, काभ्रे घर भई हाल काठमाडौँ बस्ने १० वर्षीय शिशिर तामाङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ निवासी ५५ वर्षीया लक्ष्मी श्रेष्ठ र काठमाडौँको चन्द्रागिरि नगरपालिका-९ निवासी ४५ वर्षीया शान्ति महर्जन घाइते भएका हुन्।

प्रहरीका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था मध्यम र सात जनाको अवस्था सामान्य रहेको छ। उनीहरूको काठमाडौँस्थित बी एन्ड बी अस्पताल, बौद्ध अस्पताल तथा ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

दुर्घटनामा संलग्न सुमो चालक काठमाडौँ चन्द्रागिरी नगरपालिका-१४ का ४५ वर्षीय मनोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मकावानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad