हावाहुरीका कारण फेवा तालमा फसेका १२ जनाको सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ।
शनिबार दिउँसो ४ बजेतिर एकाएक आएको हावाहुरी कारण यात्रुसहितका डुंगा, एक्लै खियाइने र प्याडल बोटमा रहेका पर्यटक असुरक्षित बने। तत्कालै सशस्त्र प्रहरी बल कालिका गणबाट फेवा किनारमा तैनाथ गोताखोर टोलीले ४८ वर्षीया जापानी नागरिक आसिकिसीसहित १२ जनाको उद्दार गरेको छ।
उद्धार गरिएका आन्तरिक पर्यटकमा केही काठमाडौँ र केही पोखराकै भएका सशस्त्र प्रहरी बल कालिका गणले जनाएको छ। ‘फेवा रेस्क्यू टावरमा खटिएका १० जनाको विशेष टोलीले कडा परिश्रमका साथ तालमा फसेका एक जापानिज नागरिकसहितको सबैको सकुशल उद्धार गरेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ,’ सशस्त्र प्रहरी बल कालिका गणले भनेको छ।
हावाहुरी आउँदा फेवा तालमाथि तैरिरहेका डुंगाले सन्तुलन गुमाउँने गरेका छन्। तीमध्ये केही पल्टने पनि गरेका छन्।

प्रतिक्रिया