गत नोभेम्बर २८ मा उत्तर कोरियाका फायरिङ स्क्वाडले सरकारको आदेशमा कोरोनाको नियम पालना नगर्ने ती व्यक्तिलाई गोली हानेको रेडियो फ्रि एसियाले उल्लेख गरेको छ।
कोरोना प्रकोपबीच यतिबेला उत्तर कोरियाले चीनसँगको सीमा बन्द गरिदिएको छ। सीमामा व्यापार गर्न बन्देज लगाइएको छ भने नदीहरुमा कोरोनाको संक्रमण नपुगोस् भनेर त्यहाँ माछा मार्न दिइएको छैन।
यसबीचमा कोरोनाको प्रकोपबीच चिनियाँ सीमामा तस्करी गरेको आरोपमा ती व्यक्तिलाई गोली हानिएको हो।
उत्तर कोरियाले हालसम्म आफ्नो देशमा एक व्यक्तिमा पनि कोरोनाको संक्रमण नभएको बताउँदै आएको छ।
हालैमात्र उत्तर कोरियाले दुई सरकारी अधिकारीहरुलाई पनि मृत्युदण्ड दिएको थियो। ती सरकारी अधिकारीहरुले पनि कोरोनाको नियम उल्लंघन गरेको बताइएको थियो। एजेन्सी

प्रतिक्रिया