पछिल्लो २४ घण्टामा नेपालमा १४७४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९११ जनामा गरेको परीक्षणमा उक्त संख्यामा संक्रमित फेला परेका हुन।
यस्तै उक्त अवधिमा १९३१ निको भएका छन् भने २९ जनाको संक्रमणबाट मृत्यु भएको छ।
नेपालमा हाल १७ हजार ४२३ संक्रिय संक्रमित रहेका छन।
नेपालमा हालसम्म २ लाख ३३ हजार ४५२ जनामा कोरोना संक्रमण देखिसकेको छ।
तीमध्ये २ लाख १४ हजार ५२१ जना संक्रमणमुक्त भइसकेका छन्।
99
Shares
प्रतिक्रिया