समाज


स्थानीय प्रशासनको ‘ट्राभल अलर्ट’: कृपया अत्यावश्यक नपरी यात्रामा ननिस्किनु होला

स्थानीय प्रशासनको ‘ट्राभल अलर्ट’: कृपया अत्यावश्यक नपरी यात्रामा ननिस्किनु होला

नेपालखबर
साउन २, २०८३ शनिबार १८:४४, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने आकलन गरेपछि स्थानीय प्रशासनले धमाधम ‘ट्राभल अलर्ट’ जारी गरेका छन्। 

शनिबार देशका विभिन्न जिल्ला प्रशासन कार्यालयले ‘ट्राभल अलर्ट’ जारी गरी अनावश्यक यात्रा नगर्न अनुरोध गरेका छन्। मनसुनको समयमा सकभर यात्रा नगर्न र गर्नै परेमा पनि मौसम सम्बन्धी जानकारी लिन सचेत गराएका छन्। 

जिल्ला प्रशासन कार्यालय, चितवनले जारी गरेको सूचनामा नारायणगढ–मुग्लिन सडकमा पटकपटक पहिरो खस्ने गरेको स्मरण गराएको छ। सूचनामा भनिएको छ, ‘कृपया अत्यावश्यक नपरी यात्रामा ननिस्किनु होला।’

नारायणगढ–मुग्लिन सडकमा जतिबेला पनि आवागमनमा रोक लाग्न सक्ने प्रशासनले जनाएको छ। प्रशासनले भनेको छ, ‘जसरी पनि गन्तव्यमा पुगेरै छोड्ने वा अगाडिसम्म पुगेर मात्र रोकिन्छु भन्ने निर्णय घातक हुनसक्छ। जहाँ हुनुहुन्छ, त्यही आसपास रोकिएर सुरक्षित स्थानमा बास बस्नुहोला।’

त्यस्तै, जिल्ला प्रशासन कार्यालय, काठमाडौले ‘ट्राभल अलर्ट’ जारी गरी सडकमार्गबाट आवतजावत गर्दा सतकर्ता अपनाउन अनुरोध गरेको छ। केही दिन अत्यधिक वर्षा हुने आकलन गरिएकाले रात्रिको समयमा यात्रा गर्दा अझ बडी उच्च सावधानी र सतर्कता अपनाउन सचेत गराएको छ। 

काठमाडौँ प्रशासनले भनेको छ, ‘बाढी, पहिरोबाट पूर्ण रुपमा सुरक्षित सथनमा मात्र रोक्ने व्यवस्था गर्नहुन र सडकको अवरोध खुलिसकेको भनी प्रहरी प्रशासनबाट यकीन सूचना लिएपछि मात्र यात्रा अघि बढाउनुहुन सूचित गरिएको छ।’

यस्तै, जिल्ला प्रशासन कार्यालय, खोटाङले रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाएको छ। साँझ ७ देखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad