माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी शाखा मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक प्रतीक्षालयको व्यवस्था गरेको छ।
देश तथा विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाइ लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त प्रतीक्षालय निर्माण गरेको हो।
बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतीक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्य र परियोजना प्रबन्धक सरोज भट्टराईलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा विभिन्न संघ÷संस्था तथा सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवीप्रकोपबाट प्रभावितहरुको उद्धार र पुनस्र्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।
उसले देशका विभिन्न स्थानहरुमा वृक्षरोपण, वित्तीय साक्षरतालगायतकाकार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।
बैंकका १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा २९३ स्थानबाट सेवा उपलब्ध छ।
Shares
प्रतिक्रिया