समाज


पर्वतमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

पर्वतमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

नेपालखबर
साउन २, २०८३ शनिबार १८:६, काठमाडौँ

पर्वतको कुश्मा नगरपालिका-९, एकोहोरे पाठामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

शनिबार कुश्माबाट साइकल चोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्र्याक्टर एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा दुर्घटना भएको हो। ट्र्याक्टर अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, कुश्माले जनाएको छ। 

दुर्घटनामा कुश्मा नगरपालिका–७ का २८ वर्षीय सुजन नेपाली र कुश्मा नगरपालिका–९, साइकल चोकका १४ वर्षीय शिशिर लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर भएका घाइते भएका दुवै जनाको प्रदेश अस्पताल, कुश्मामा उपचारका क्रममा मृत्यु भएको हो। 

त्यस्तै, दुर्घटनामा एक जना घाइते भएका छन्। घाइते भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भइ हाल पोखरा महानगरपालिका–१७, बिरौटा बस्ने २२ वर्षीय उदय सापकोटाको कुश्मा अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad