विवादित बनेको ‘मास्टर्नी’ को प्रमोसनल गीत युट्युबबाट हटाइएको छ।
गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक पेसामा आबद्धहरूको गरिमामा आँच पुगेको भन्दै चौतर्फी आलोचना भएपछि गीत हटाइएको हो।
अभिनेत्री प्रियंका कार्कीले माफी माग्दै युट्युब र सामाजिक सञ्जाल प्लेटफर्महरूबाट गीतहरू हटाइएको जानकारी गराएकी छन्।
‘हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा पर्न गएको चोटप्रति म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन्, ‘ मैले पहिलोपटक चलचित्र निर्माणको यात्रा थालनी गर्दा कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्याउने कल्पनासम्म गरेकी थिइनँ र भविष्यमा पनि गर्नेछैन।’
उक्त गीत ‘दुर्गेश थापा’ युट्युब च्यानलबाट आधिकारिकरूपमा सधैँका लागि हटाएको पनि उनले जानकारी गराएकी छन्।
यस्तै दुर्गेश थापाले पनि विज्ञप्ति जारी गर्दै माफी मागेका छन्।
Shares

प्रतिक्रिया