२९ वर्षकी राजकुमारी माकोलाई उनका प्रेमी केइ कोमुरोसँग विवाह गर्न फुमिहितोले स्वीकृति प्रदान गरेको जापानी संचार माध्यमलाई उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
सोमबार आफ्नो ५५ औं जन्मदिनमा पत्रकार सम्मेलनको आयोजना गर्दै फुमिहितोले आफूले छोरीको प्रेमको विषयलाई सम्मान गर्ने बताए।
सन् २०१८ मै राजकुमारी माको र कोमुरोबीच विवाह हुने तय भएको थियो। यद्यपी कोमुरोकी आमा र उनका मंगेतरबीच पैसाको विवाद भएपछि विवाह रोकिएको थियो।
कोमुरोको शिक्षा लगायत सबै खर्च उनका आमाको मंगेतरले व्यहोर्दै आएका थिए।
राजकुमार फुमिहितो आफू छोरीको विवाह गर्न राजी भएको तर कोमुराको आमाको समस्या पहिला सुल्झिनु पर्ने बताउँछन्।
जापानी कानुनअनुसार राज खान्दानकी नारीले बाहिरको पुरषसँग विवाह गर्दा शाही स्थिति त्याग गर्नुपर्छ।
राजकुमारी माको त्यसको लागि तयार भएको बताइएको छ।
Shares

प्रतिक्रिया