समाज


घरबाट हराएका वृद्धको शव चार सातापछि जंगलमा भेटियो

घरबाट हराएका वृद्धको शव चार सातापछि जंगलमा भेटियो

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ४:३६,

गएको कात्तिक १८ गतेदेखि हराएका नुवाकोटको तारकेश्वर गाउँपालिका–४ बुधसिंहका ८७ वर्षीय केशरबहादुर तिमिल्सिनाको शव फेला परेको छ।

तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा आइतबार साँझ उनको शव फेला परेको नुवाकोट प्रहरीले जनाएको छ। उनी चार साताअघि घरबाटै वेपत्ता भएका थिए।

घाँस दाउराको लागि जंगल गएको स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। परीक्षणपछि चार साताअघि हराएका तिमिल्सिनाको शव पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad