World Cup 2026


डीआर कंगोविरुद्ध संघर्षपूर्ण जित निकाल्दै इंग्ल्यान्डद्वारा मेक्सिकोसँग भेट पक्का

डीआर कंगोविरुद्ध संघर्षपूर्ण जित निकाल्दै इंग्ल्यान्डद्वारा मेक्सिकोसँग भेट पक्का

नेपालखबर
असार १८, २०८३ बिहिबार ०:१०, काठमाडौँ

अमेरिकाको एटलान्टा स्टेडियममा भएको डीआर कंगोविरुद्धको खेलमा इंग्ल्यान्डले संघर्षपूर्ण जित निकालेको छ। 

कप्तान ह्यारी केनले दोस्रो हाफमा गरेको २ गोलसँगै इंग्ल्यान्डले अमेरिका, मेक्सिको र क्यानडामा जारी विश्वकप फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको हो। 

पहिलो हाफमा भने डीआर कंगोले ब्रायन सिपेंगाको सातौँ मिनेटको गोलमै अग्रता लिएको थियो। दोस्रो हाफमा पनि ७४ मिनेटसम्म सो अग्रता जोगाएको डीआर कंगोले ७५औँ र ८६औँ मिनेटमा गोल खाँदा विश्वकपबाटै बाहिरिनुपर्यो। 

यद्यपि खेलमा इंग्ल्यान्ड हावी भएको थियो। ५४ प्रतिशत बल पोसेसन लिएको उसले १६ प्रहार गरे पनि आठवटा मात्र निशानामा थियो। 

निर्णायक खेलमा निर्धारित ९० मिनेटभित्रै दुई गोल गर्दा इंग्ल्यान्डले ठूलो हार टार्न पुगेको हो। योसँगै कप्तान केन पनि गोल्डेन बुट दौडमा आएका छन्। उनको समग्रमा ५ गोल छ भने उनीअघि लियोनल मेसी र किलियन एमबाप्पे मात्र छन्। उनीहरुको समान ६ गोल छ। 

केन र एर्लिङ हाल्यान्डको ५ गोल र असमन डेम्बेलेको ४ गोल छ। 

अब इंग्ल्यान्डले जुलाई ६ मा आयोजक मेक्सिकोको सामना गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad